रोम (रासस/एएफपी) । इटालीमा आइतबार कोरोनाभा’इरसको सं’क्रमणबाट सबैभन्दा धेरै मानिसको मृ’त्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्या’न लि’एको कोरोनाको सं’क्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको सं’क्रमणबाट ३६८ जनाको मृ’त्यु भएको छ । इटालीमा मृ’तकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ ।
भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभा’इरस म’हामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न जानु भएको थियो । कोरोनाभा’इरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् ।
फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना सं’क्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सी’मामा सोमबारदेखि कडाई गरेको छ ।
–अमेरिकी विमानस्थलमा भिडभाड –
संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्र’तिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गु’नासो गरेपनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा क’डाई गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको सं’क्रमण देखिएको छैन । उहाँ अमेरिका भ्रमणमा रहनु भएका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आउनु भएको थियो ।
अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार म’हामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही “मन्दी” उत्पन्न भएको बताउनु भएको थियो तर उहाँले यस्तो मन्दी धेरै दिन नरहने दा’बी गर्नु भएको छ । आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्क अनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४२० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९३० जना बिरामी भएका छन् । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । युरोपमा आइतबारसम्ममा कोरोनाभा’इरसको सं’क्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ । यो रो’गले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, शेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ – विशेष गरी एयरलाइन्स ।
– चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने –
चीनमा कोरोना सं’क्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृ’त्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बि’रामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ ।
करिब ७२४ जनाको मृ’त्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ ।
“कोरोनाभा’इरस हामीमाथि प्र’तिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको द’ण्डसजा’य हो,” जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले बताउनुभयो । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सी’माना बुधबारदेखि बन्द गरिएको घोषणा गर्नु भएको छ । दक्षिण अमेरिकामा थोरै संख्यामा सं’क्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सी’मा बन्द गरेको छ ।
0 Comments
Leave You Reviews